Section 58
हिसाब किताब दुरुस्त राख्नु पर्ने
(१) बैंक वा वित्तीय संस्थाले आफ्नो हिसाब किताब, खाता, बही, श्रेस्ता र लेखाको अभिलेख यथार्थ र दुरुस्त राख्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम राखिने लेखा दोहोरो लेखा प्रणालीमा आधारित मान्य सिद्धान्त अनुरुप बैंक वा वित्तीय संस्थाको कारोबारको यथार्थ स्थिति स्पष्ट रुपमा प्रतिविम्बित हुने गरी राखिएको हुनु पर्नेछ । (३) उपदफा (१) र (२) को सर्वमान्यतामा प्रतिकूल नहुने गरी इजाजतपत्र प्राप्त विदेशी बैंक वा वित्तीय संस्थाको शाखा वा कार्यालयले आफ्नो सम्पत्ति, दायित्व, आम्दानी, खर्च आदि खुल्ने गरी छुट्टै लेखा, हिसाव किताब, अभिलेख तथा नाफा–नोक्सान हिसाब लगायतको वित्तीय विवरण तयार पारी राख्नु पर्नेछ । (४) उपदफा (१) बमोजिम राखिने लेखा तथा अन्य विवरण राष्ट्र बैंकले अन्यथा स्वीकृति दिएकोमा बाहेक आफ्नो केन्द्रीय कार्यालयमा राख्नु पर्नेछ ।